visit-nepal

विमल घर्ती मगर र दिनेश राजवंशीलाई ९० दिनको प्रतिबन्ध

काठमाडौं २७ मंसिर । विश्वकप छनोट अन्र्तगत कुवेतविरुद्धको खेलका लागि भुटान जाने अघिल्लो रात डिस्को पुगेको ४ जना खेलाडीलाई एन्फाले ५० हजार रुपैयाँ जरिवाना सहित निलम्बन गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले चारै जनालाई निलम्बन गरेको हो । जसका कारण उनीहरुले आउँदो ए डिभिजन लिग खेल्न नपाउने भए ।

क्याम्पमा झुटो बोलेर विमल घर्ती मगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङले नाइट क्लबमा रात पुगेका थिए । प्रशिक्षक बालगोपाल महर्जनलाई भुटान जानका लागि पैसा साट्न र सामान लिन जाने बहानामा निस्किएर नाइट क्लब पुगेका उनीहरुलाई तत्काल टिमबाट हटाइएको थियो ।

अनुशासन समितिले शुक्रबार (आज)बाट लागु हुने गरि विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाइएको छ । अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्धमा पारेको छ ।

चारै जना खेलाडीलाई अनुशासन समितिले बयान लिएर उनीहरुमाथि कारबाही गरेको हो । कारबाही र प्रतिबन्धपछि शनिबारबाट सुरु हुन लागेको लिग पनि गुमाउने भएका छन ।

Loading...