visit-nepal

रुखबाट लडेर एक वृद्धको मृत्यु

मोरङ २७ मंसिर । मोरङको मिक्लाजुङमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मिक्लाजुङ गाउँपालिका ३ का ८५ वर्षीय वेदप्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको हो । बिहिवार अपरान्ह ४ बजे घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका वृद्धलाई राखिएको थियो ।

घाइते भएका लिम्बुको घरमै मृत्यु भएको हो ।

यसैबीच  सुनसरीको रामधुनीमा एक जनाको तालमा डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका ७ का ५५ वर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको हो ।

बिहिवार बेलुका घर छेउकै रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर सिकिस्त भएका चौधरीको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

Loading...