visit-nepal

कुटपिट हुँदा एक जनाको मृत्यु, एक घाइते

खोटाङ २७ मंसिर । खोटाङमा छिमेकीले कुटपिट गर्दा एकजनाको मृत्यु भएको छ । कुटाइबाट एकजना घाइते भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका ७ मा २१ वर्षीय अशोक राई, २७ वर्षीय भविन राई र २५ वर्षीय बलराम राईले कुटपिट गर्दा छिमेकी २४ वर्षीय रमेश राईको मृत्यु भएको हो । अर्का ३४ वर्षीय अशोक राई घाइते भएका छन् ।

बिहीवार साँझ कुटपिट गर्दा घाइते भएका रमेशको हलेसीस्थित ओमसिद्धि बाबा पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अशोकको सोही पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न तीनै जना फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...