योगले मस्तिष्कलाई फाइदा : अध्ययन

 

वासिङ्टन, २७ मङ्सिर । योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले देखाएको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगले सहयोग पु¥याउने वैज्ञानिक अध्ययनको निष्कर्ष छ ।

‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा योग र मस्तिष्क स्वास्थ्यको अन्तरसम्वन्धलाई मुख्यरूपमा हेरिएको अध्ययनकर्ताले बताए ।

अध्ययनमा नियमित रुपमा योगा गर्ने व्यक्ति र उसको मस्तिष्कको विकासको अवस्थाका बारेमा अध्ययन गरिएको छ । अध्ययनका क्रममा ती व्यक्तिको मस्तिष्कको एमआरआई, फङ्सनल एमआरआई वा फोटोबाट पनि मस्तिष्कको वृद्धि विकासको अध्ययन गरिएको थियो ।

११ ओटा अध्ययनबाट मानव मस्तिष्कको बृद्धि विकासमा योगको महत्वपूर्ण भूमिका रहने देखिएको अध्ययनको नेतृत्व गरेकी नेहा गोथेले बताइन् ।

‘युनिभर्सिटी अफ इलिनोइस किनेसिओलोजी एण्ड कम्युनिटी’का स्वास्थ्य प्राध्यापक नेहाले ‘वायन स्टेट युनिभर्सिटी’का मनोविज्ञान प्राध्यापक जेसिका दामोइसियक्ससँग अध्ययनको नेतृत्व गरेका थिए ।

नियमित योग र मस्तिष्कको विकासको अन्तरसम्बन्धको गहिरो अध्ययन पहिलो पटक भएको दामोइसियक्सले बताइन् । उनले नियमित योग गर्नाले दिमागको सक्रियतालाई व्यवस्थित गर्न सहयोग पुग्ने देखिएको बताइन् ।

योग नगर्नेभन्दा योग गर्नेको दिमाग बढी चलायमान हुने भएकाले बृद्धि र विकासमा सहयोग पुगेको अध्ययनको निष्कर्ष छ ।

Loading...