visit-nepal

ताप्लेजुङमा हिमपात

ताप्लेजुङ २७ मंसिर । ताप्लेजुङमा हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षासँगै हिमपात शुरु भएको हो ।

उच्च क्षेत्रमा रहेका ओलाङचुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, फलेलगायतका बस्तीमा बाक्लो हिमपात भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हिमपात भएको स्थानीयले बताए ।

हिमपात भएसँगै ताप्लेजुङभर चिसो बढेको छ । २ हजार ५ सय मिटरभन्दा माथि रहेका उत्तरी क्षेत्रका बासिन्दा चिसोका कारण बढी प्रभावमा परेका छन् । सामान्यतया ताप्लेजुङभर नै चिसो बढेको स्थानीयको भनाइ छ ।

पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिउँ परेको अस्थायी प्रहरी चौकी फेदीका इन्चार्ज धनराज तुम्बापो लिम्बूले जानकारी दिए । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा पर्छ । आज दिउँसोदेखि नै हल्का वर्षासहित पाथीभरा क्षेत्रमा हिउँ परेको हो ।

Loading...