सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा

काठमाडौं २७ मंसिर । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन ।

सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि बिहान ११ बजेबाट नगर परिक्रमा गराइने भनिए पनि वर्षाका कारण झण्डै दुई घण्टा ढिला भएको थियो ।

साग पदाधिकारीलाई राखेप परिसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललगायतले फूलमाला तथा अबिर लगाएर नगर परिक्रमाको शुरुआत गरेका थिए ।

सरकारले यसअघि सागका स्वर्ण विजेतालाई ९ लाख , रजत विजेतालाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको थियो । तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो ।

Loading...