पूविका ९ हजार ९ सय ८८ विद्यार्थी दिक्षित 

यज्ञ अधिकारी

रंगेली २७ मंसिर । पूर्वाञ्चल विश्व विद्यालयका ९ हजार ९ सय ८८ विद्यार्थी दिक्षित भएका छन् ।   गोठगाँउ स्थित विश्वविद्यालयको प्रङ्गणमा शुक्रबार भएको ९ औ दिक्षान्त समारोहमा विद्यार्थीलाई दिक्षित गरिएको हो ।
विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेलले  दिक्षित गरे । कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि संकायका ९ हजार ९ सय ८८ विद्यार्थी दिक्षित भएका हुन् । कलातर्फ स्नातक र स्नातकोत्तर तह गरेर ३ सय ९ जना दिक्षित भए ।
त्यसैगरी कानुनमा स्नातक र स्नतकोत्तर तहमा ४ सय २५ त्यसैगरी शिक्षा तर्फ दुवै तहमा गरेर १ हजार ८सय ८६ जना  दिक्षित भए । चिकित्साशास्त्रतर्फ स्नतक र स्नातकोत्तर तहमा २ हजार १ सय ६६ दिक्षित भएका थिए । विज्ञान तथा प्रविधिमा २ हजार १ सय ७४ जना स्नातक र स्नातकोत्तर दुवै तहका विद्यार्थी हुन् । समारोहमा स्नातकोत्तर तहमा १ हजार ९ सय ६५ जना दिक्षीत भएका थिए । स्नातक तहमा ८ हजार २३  दिक्षित भए ।
पूविले संचालन गरेको विभिन्न संकायमा गोल्मेडल पाउने ३४ जना विद्यार्थीलाई वितरण गरिएको थियो । २०७२, ०७३, ०७४, ०७५ परिक्षामा सर्वोत्कृष्ट हुनेले गोल्मेडल पाएका थिए । २०७३ सालको परिक्षामा सामोल भएका भूपध्वज कार्की र गणेश गौतमले समान अंक सहित चार वटा शिर्षकमा गोल्मेडल प्रप्त गरेका थिए ।
 कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा नीति २०७६ पहिलो पटक  एकीकृत गरी ल्याएको बताए ।   उनले समारोहमा संघ, प्रदेश र स्थानीय तहका जिम्मेवारी नीतिले प्रष्ट पारेको बताए । नयाँ नीतिले जनतामा शिक्षा प्रति बढ्दै गएको वितृष्णालाई हटाउने उनको दाबी छ ।
उनले संविधानले आधारभुत र माध्यमिक शिक्षालाई मौलिक हकको रुपमा र  उच्च शिक्षालाई सहज, गुणस्तरिय, पहुँच विस्तार, प्रविधिको प्रयोगतर्फ उन्मुख हुन संविधानले निर्दिष्ट गरेको बताए ।
 समारोमा प्रमुख अतिथि गुवाहाटी विश्वविद्यालय भारतका उपकुलपति प्रा.प्रताप ज्योति ह्याण्डिकले समारोमा सम्बोधन गरेका थिए । पूविका निमित्त उपकुलपति प्रा.डा.बिजुकुमार थपलियाले पनि सम्बोधन गरेका थिए ।
Loading...