visit-nepal

मेरा लागि बार्सिलोनाले ३.५ मिलियन युरो खर्चिनुपर्छ : नेयमार

एजेन्सी, २७ मंसिर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार खेलाडी नेयमारले आफ्ना लागि ३.५ खर्च गर्न बार्सिलोनासामु माग गरेका छन् । पछिल्लो समय बार्सिलोना फर्किँन प्रयासरत ब्राजिलियन स्टार नेयमारले आफ्ना लागि सो रकम खर्च गर्नका लागि माग गरेको ‘एल मुन्डो’को दाबी छ ।

खबरका अनुसार नेयमारले बार्सिलोनासामु फेरि आफ्ना लागि पीएसजीसँग प्रस्ताव राख्न अनुरोध गरेका छन् । आफूलाई क्याप नोउ फर्काउनका लागि नेयमारले बार्सिलोनालाई ३.५ मिलियन युरो खर्चिनुपर्ने पनि बताएका छन् ।

पीएसजीका फरवार्ड नेयमार लामो समयदेखि आफ्नो पूर्वक्लब बार्सिलोना फर्किने मनसायमा छन् । सन् २०१७ मा बार्सिलोनालाई छोडेर कीर्तिमानी रकममा पीएसजी गएका उनले यसअघि पनि पटक–पटक क्याप नोउ फर्किने प्रयत्न गरेका थिए । तर, बार्सिलोना र पीएसजीबीच आर्थिक लेनदेनमा कुरा नमिल्दा २७ वर्षीय स्टार नेयमारको सरुवा अन्यौलमा परेको थियो ।

बीचमा फेरि उनले आफू फ्रान्समै खुशी रहेको बताउँदै पीएसजीबाट खेलिरहेका थिए । तर, अहिले फेरि उनी आफ्नो सरुवाको विषयमा चर्चामा छन् । यता, नेयमारलाई क्लब फर्काउनका लागि बार्सिलोनाका कप्तान लियोनल मेस्सी पनि लागिपरेका थिए । आफू केही समयपछि नै क्लब छाड्ने र आफ्नो स्थान नेयमारले पाउने मेस्सीले बताउँदै आएका छन् ।

Loading...