visit-nepal

दाह्री पाल्ने पुरुषहरूलाई छन् फाइदै-फाइदा !

विराटनगर, २७ मंसिर । पुरुसत्वको परिचायक मानिने दाह्री अहिले युवापुस्तामा फेसन जस्तै भएको छ । धेरैजसो पुरुषहरूले अचेल दाह्री पालेकै देख्न सकिन्छ । काट्न अल्छी भएका कारण पालिने दाह्री अहिले कतिपयले फेसन, शौखका लागि समेत पाल्ने गरेको पाइन्छ ।

राम्रो देखिन्छ भन्ने धारणाले दाह्री पाल्ने गरेपनि दाह्री पाल्नुका छुट्टै फाइदा छन् र यसबारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । ‘मेट्रो. को. युके’ का अनुसार दाह्री पाल्नुका धेरै फाइदा छन् । गर्मी मौसममा दाह्री हुँदा सूर्यबाट आउने परावैजनिक हानिकारक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न दिँदैन ।

सूर्यको हानीकारक किरणलाई छेकेर विभिन्न एलर्जीको समस्यालाई रोकेर अनुहारको चमकमा क्षति हुन नदिइ छालाको क्यान्सर समेतबाट बचाउने हुन्छ । सूर्यको किरणबाट अनुहार जोगिने भएकाले अनुहारमा कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट मुक्त हुने देखिएको छ । दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउन पनि मद्दत गरेको हुन्छ ।

sdaf

दाह्री पालेको मानिसलाई अल्लारे नठानेर र गम्भीर प्रकारको मानिस ठान्ने गरिन्छ । साथै, महिलाहरू समेत दाह्री भएका पुरुषबाट बढी आकर्षित भएको देखिन्छ । हालै गरिएको एक अध्ययनका अनुसार दाह्री पाल्ने पुरुषहरूलाई धेरै प्राणघातक रोगहरू नलाग्ने तथ्य सार्वजनिक भएको छ । दाह्रीजुँगा काट्न र मिलाउनका समय र खर्च लाग्ने भएकाले दाह्री पाल्दा यसबाट समेत राहत पाउन सकिन्छ ।

दाह्री भएका पुरुष सबैको आकर्षणको विषय हुन्छन् र बाटोमा हिँड्दा अरु मानिसले दाह्रीको प्रशंसा समेत गरिरहेका हुन्छन् । दाह्री तथा जुँगाले पुरुषको आत्मवल वृद्धि गराउने गर्छ । दाह्रीजुँगा पाल्ने मानिसहरुको स्वभाव एकैखालको हुने भएकाले दाह्री पालेका मानिसहरू एक–आपसमा छिटै साथी बन्न सक्छन् । यसकारण मानवीय सम्बन्ध स्थापनाका लागि समेत दाह्री पाल्नु फाइदाजनक देखिन्छ ।

Loading...