सागमा पदक जितेका खेलाडीको सम्मानमा नगरपरिक्रमा गरि अभिनन्दन गरिँदै

काठमाडौं २७ मंसिर । तेह्रौँ सागका पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई आज (शुक्रबार) उपत्यका परिक्रमा गराउँदै नागरिक अभिनन्दन गरिने भएको छ ।
देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

बिहान ११ बजेबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुँदैछ । खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दन परिषदको कार्यालय त्रिपुरेश्वरबाट सुरु भइ पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ ।

राखेपले खेलाडीको सम्मानमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर खेलाडीको हौसला वृद्धि गरिदिन सबैमा आग्रह गरेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) गत डिसेम्बर १ देखि १० गतेसम्म नेपालमा आयोजना भएको थियो । प्रतियोगितामा नेपालले ५१ स्वर्ण हासिल गर्दै यो प्रतियोगितामा अहिलेसम्मकै धेरै पदक जितेको थियो ।

Loading...