visit-nepal

टोपीमा लुकाएर खैरो हिरोइन ल्याउँदै गर्दा एकजना पक्राउ, अर्डर गर्ने पनि समातिए

विराटनगर, २६ मंसिर । प्रहरीले लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) ल्याउने एकजना र ल्याउन लगाउने दुई जनालाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुरुमा ब्राउन सुगर लिएर आउँदै गरेका केराबारी गाउँपालिका–१० का २९ वर्षीय अनुज खत्रीलाई बुधबार बेलुका पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनलाई भरिया बनाएर पठाउने केराबारीकै ४१ वर्षीय तेजबहादुर लिम्बू र विराटनगर महानगरपालिका–६ का २७ वर्षीय आयुव आलम पक्राउ परेका हुन् ।

खत्रीले बयानका क्रममा बताएपछि भारत पठाउने लिम्बू र आलम पक्राउ परेका हुन् । उनीहरूको साथबाट नियन्त्रणमा लिइएको ब्राउन सुगर १.६०० ग्राम छ । तीनै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

उनका अनुसार सुरुमा जोगबनीबाट एक ग्राम छ सय मिलिग्राम ब्राउन सुगर लिएर आउँदै गर्दा खत्री पक्राउ परेका हुन् ।

Loading...