परदेशिनुको बाध्यतामा प्रविशालाई ‘नरोई बस’ भन्दै सञ्जीव (भिडियोसहित)

विराटनगर, २६ मंसिर । नेपाली लोक भाकामा आधारित रहेको ‘नरोई बस’ बोल को गीत सार्वजनिक भएको छ । सञ्जीव पुडासैनी र प्रविशा अधिकारीको स्वर रहेको गीतलाई एसियन म्युजिक नामक युट्युब च्यानेलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतको भिडियोमा गायक र गायिकाको प्रस्तुति रहेको छ । दुर्गाप्रसाद न्यौपानेको शब्द रहेको गीतमा सञ्जीव पुडासैनीले सङ्गीत भरेका छन् । सार्वजनिक गरिएको गीतमा परदेशिनुको बाध्यता र सपनालाई निकै मार्मिक र यथार्थ रूपमा प्रस्तुत गर्न खोजिएको छ ।

गीतमा हेमन्त कान्छा रसाइलीले बजाएको सारङ्गीले सुनमा सुगन्ध थपिएको छ । गीतको भिडियोलाई सञ्जीव आफैँले निर्देशन गरेका हुन् । फराज अर्पनको छायांकनमा तयार भएको गीतलाई विवेक सुनारले सम्पादन गरेका हुन् । बिजु कर्माचार्यको मिक्सिंग रहेको गीतलाई शैलेन्द्र प्रधानले एरेन्ज गरेका हुन् ।

Loading...