Rumpum Advertisement

२ सय २१ जना केटासँगको प्रेम असफल भएपछि मोडलले गरिन् कुकुरसँग बिहे

Neuro Revised Adv
Koshi Dashain ad
२ सय २१ जना केटासँगको प्रेम असफल भएपछि मोडलले गरिन् कुकुरसँग बिहे

एजेन्सी, २६ मंसिर । बेलायतकी पूर्वमोडल इलिजावेथ होडले कुकुरसँग विवाह गरेकी छन् । २ सय २१ जना केटासँगको प्रेम असफल भएपछि सन् २०१९ को जुनमा उनले आफ्नो घरपालुवा कुकुर लोगनसँग बिहे गरेकी हुन् ।

४९ वर्षकी इलिजावेथले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेपछि धेरै मानिसहरू अचम्ममा परेका थिए । इलिजा सन् १९९० को दशककी चर्चित पेज ३ मोडलसमेत रहेकी छन् । कुकुरसँग विवाह गर्ने उनी पहिलो व्यक्ति भने होइनन् ।

उनको एक २५ वर्षीय छोरासमेत छन् । ८ वर्षमा २२० जना पुरुषहरूलाई डेट गरिसकेको र धेरैपटकको सम्बन्ध विच्छेद तथा असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दीगोपन चाहेकोले आफ्नो कुकुरसँग विवाह गरेको इलिजावेथको भनाइ छ ।

उनका अनुसार कुकुर मानिसजस्ता धोकेबाज हुँदैनन् । लोगनलाई इलिजाले उद्दार गरेकी हुन् । लोगनले मलाई बचायो मैले लोगनलाई भन्दै कुकुरसँग बिहे गर्नासाथ उनले केटो किन चाहियो भनेर प्रश्न गरिन् ?