visit-nepal

च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सीको कीर्तिमान नजिक नेयमार

एजेन्सी, २६ मंसिर । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत उपाधि दाबेदार टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकाल्यो । बुधबार भएको समूह चरणको अन्तिम खेलमा फ्रेन्च क्लब पीएसजीले टर्किस क्लब गालातासरेविरुद्ध ५–० गोलको जित निकाल्यो ।

पीएसजीकै घरेलु मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई फराकिलो जित निकाल्नका लागि ब्राजिलियन स्टार नेयमारले एक गोल गरे भने २ वटा असिस्ट गरे । उनको पासमा किलियन एम्बाप्पे र पाउलो सराबिया गोल गरेका थिए ।

यससँगै नेयमार युभेन्टसका स्टार क्रिस्टिायानो रोनाल्डो र बार्सिलोनाका कप्तान तथा पूर्वटिममेट लियोनल मेस्सीको कीर्तिमान नजिक पुगेका छन् । च्याम्पियन्स लिगमा हाल एकै खेलमा गोल र असिस्त दुवै सर्वाधिक धेरैपटक गर्ने कीर्तिमान पोर्चुगिज स्टार रोनाल्डोको नाममा छ । ३४ वर्षीय उनले अहिलेसम्म ११ खेलमा गोल र असिस्ट दुवै गरेका छन् ।

यस्तै अर्जेन्टिनी स्टार मेस्सी यो कीर्तिमानको दोस्रो स्थानमा छन् । उनले १० खेलमा गोल र असिस्ट धेरै गरेका छन् । त्यसपछि आउँछन् फ्रेन्च क्लब पीएसजीका स्टार नेयमार । नेयमार रानाल्डोको रेकर्डभन्दा २ कदम पछि हुँदा मेस्सीको रेकर्डभन्दा एक कदमले पछि छन् । नेयमारले च्याम्पियन्स लिगमा एकै खेलमा गोल र असिस्ट दुवै गरेको खेल संख्या ९ पुगेको छ ।

Loading...