visit-nepal

होटलको मुनाफाले मदर्सालाई सहयोग

विराटनगर, २६ मंसिर । विराटनगरका एक होटल व्यावसायीले मदार्सालाई अध्ययन सामाग्री सहयोग गरेका छन् । विराटनगर– १४ स्थित रिजविया इस्लाम मदर्सालाई ३० ओटा म्याट र ३ ओटा ह्वाइट बोर्ड सहयोग गरेका हुन् ।

टेवलकुर्सी नभएका कारण विद्यार्थी भुइँमा बसेर अध्ययन गर्न बाध्य थिए । स्थापनाको १० वर्ष भएपनि भौतिक पूर्वाधार कमजोर छ । भौतिक पूर्वाधार नभएको मदर्सालाइ रोयल बिर्यानी हाउस सञ्चालन गर्दै आएका पप्पु अन्सारीले होटलको मुनाफाबाट सहयोग गरेको सामाजिक अभियान्ता पेरिस सुवेदीले जानकारी दिए ।

Loading...