पाहुना गएको घरमा श्रीमतीमाथि चक्कु प्रहार, श्रीमान् पक्राउ

विराटनगर,२६ मंसिर । सामान्य विवादमा विराटनगर महानगरपालिका–४ चाँदनी चौकमा श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । बिहीबार बिहान ५० वर्षीय डम्बर कार्कीले श्रीमती ३५ वर्षीया सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।

चक्कुप्रहारबाट सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको छ । गम्भीर अवस्थाकी सुस्मिताको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।

झापा घर भएका कार्की दम्पत्ति विराटनगर–११ बसपार्कमा डेरा बन्दै आएका थिए । दुवै जना बुधबार चाँदनी चौकस्थित सुस्मिताकी दिदीको घरमा पाहुना गएका थिए ।

पाहुना गएकै घरमा सामान्य विवाद भएपछि डम्बरले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । श्रीमतीमाथि चक्कु प्रहार गर्ने डम्बरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले बताएको छ ।

Loading...