पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्रीले निवासमा भेट गरी बधाई दिने

काठमाडौं २५ मंसिर । तेह्रौँ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनको लागि बालुवाटार बोलएका छन् ।

उनीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार दिउँसो सवा २ बजेको लागि बोलाइएको छ । भेटमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी भएको छ ।

साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ । स्वास्थ्य अवस्थाको कारण सागको उद्घाटन र समापनमा सहभागी हुन नसकेका प्रधानमन्त्री ओलीले मंगलबार भएको समापन कार्यक्रमलाई भने भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए ।

Loading...