साग सफलतापूर्वक सम्पन्न

काठमाडौं २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल आयोजक रहेको १३ साग भव्य उद्घाटनबाट सुरु भएर भव्य समापन गरिएको छ ।

१३ औँ सागमा आयोजक नेपाललाई ऐतिहासिक ५१ स्वर्ण पदक चुम्ने अवसर मिल्यो । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण मंगलबार सम्पन्न भयो ।

दुईपटक मिति सारिसकिएको साग तेस्रोपटक घोषित मितिमा सम्पन्न हुन सक्नेमा अन्योल थियो । नियमित कार्यगत डिसेम्बर १ बाट सुरु भएको सागमा अन्यौलताका बीच सुरु भएपनि भव्यताका साथ सम्पन्न भएको हो ।

७२ सालको भूकम्पले भत्काएका दशरथ रंगशाला र पोखरा रंगशालाको पुनर्निर्माण गरि सागका खेलहरु अन्तर्राष्टिय स्तरको बनाउन नेपाल सफल भएको छ । आयोजकका हिसाबले मात्र नभई साग सहभागिताको हिसाबमा पनि नेपालका लागि खास बन्यो ।

५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरि नेपालले जम्मा २ सय ६ पदक जित्यो । सागको इतिहासमा नेपालको यति धेरै स्वर्ण भएको यो पहिलो पटक हो ।

Loading...