बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी-सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै सुनिन्छ । तर, कोलम्बियामा एक नवजात शिशु जन्मिनुअगाडि नै गर्भवति भएको खबर सार्वजनिक भएको छ ।

युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यस्तो प्रकारको घटना पाँच लाख जन्मने बच्चामा एकजनामा देखापर्ने गर्छ । डाक्टरहरूले भर्खर जन्मेकी बालिका इत्जमाराकी आमा मोनिका भेगा सात महिनाकी गर्भवती हुँदा उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको पत्ता लगाएका थिए ।

af

अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गर्नु पर्ने अवस्था सिर्जना भएको हो । डाक्टरले गत मार्चमा नै आमाको शरीरभित्र दुईवटा नाल भएको, एउटा नालले आमा र छोरी इत्जमारालाई जोडेको तथा अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको कुरा पत्ता लगाएको थियो ।

उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने हुँदा इत्जमाराको अंगमा क्षति पुग्न सक्ने आशंका गर्दै इत्जमाराको शल्यक्रिया गर्नका लागि आमाको तत्काल शल्यक्रिया गरिएको थियो । डाक्टरहरूले धड्कन र मस्तिष्क नभएको भ्रुण निकाल्नका लागि इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरेका थिए भने शल्यक्रियापछि इत्जमाराको स्वास्थ्यमा सुधार आइरहेको उनीहरूले बताएका छन् ।

Loading...