सुटिङमा नेपाल पदकविहीन

काठमाडौं २३ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा नेपाल पदकविहीन भएको छ ।

सुटिङमा २० स्वर्ण पदकमध्ये भारतले १८ जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्यो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक जितेको छ । खेलमा बङ्गलादेशले ६ रजत र ४ कास्य पदक जितेको छ। चौथो स्थानमा रहेको श्रीलङ्काले २ रजत र ५ कास्य गरी ७ पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे ।
विजेता खेलाडीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरे ।

Loading...