बक्सिङमा भारतलाई पराजित गर्दै नेपालकी मिनुले जितिन् स्वर्ण

काठमाडौँ, २३ मंसिर । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ । सोमबार भएको स्पर्धामा नेपालका लागि मिनु गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

सातदोबाटोस्थित कराँते हलमा ५४ केजी तौल समूहमा भएको खेलमा भारतकी शिक्षालाई पराजित गर्दै मिनुले स्वर्ण जितिन् । यससँगै पदक तालिकाको दोस्रो स्थानको नेपालले स्वर्ण पदक सङ्ख्या ४६ पुर्याएको छ । शीर्ष स्थानको भारतले भने १ सय ३४ स्वर्ण जितेको छ ।

Loading...