birat ribon

साग : पुरुष क्रिकेटमा नेपाललाई कास्यपदक, माल्दिभ्स पराजित

Neuro
साग : पुरुष क्रिकेटमा नेपाललाई कास्यपदक, माल्दिभ्स पराजित

काठमाडौं, २३ मंसिर । नेपालमा भइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा आयोजनक नेपालले कास्य जितेको छ । सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउँदै कास्य जितेको हो ।

Padelux insider
cura insider

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । विनोद भण्डारी १२ रनमा आउट भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । माल्दिभ्सका लिम साफेगले अविजित १९ रन बनाउँदा मोहमद रिसवानले १७ रन जोडे । यस्तै कप्तान मोहमद माफोजले १६ रन बनाउँदा अमिल माउरुफले १३ रन जोडे ।

नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

पुरुषतर्फको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

jackson ribon