visit-nepal

कुस्तीमा भारतको दबदबा

धनुषा २२ मंसिर । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जनकपुरधाममा जारी कुस्ती प्रतियोगिताको तेश्रो दिनपनि भारतको दबदबा कायमै छ ।

आइतबारका विभिन्न सात तौल समूहको खेलमा भारतले चार, श्रीलङ्का दुई र पाकिस्तानले एक स्वर्ण पदक हासिल गरेको छ । शनिबार एक स्वर्णसमेत जित्न सफल नेपालले आइतबार तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमध्येको खेलमा दुई रजक र दुई कास्यपदक जितेको छ ।

पुरुषतर्फ ६१ केजी तौल समूहमा भारतका रवीन्द्रले स्वर्ण, पाकिस्तानका मो बिलालले रजत र श्रीलङ्काका उदराले कास्य पदक जिते । ८६ किलोग्राम समूहमा भारतका पवन कुमार स्वर्ण, पाकिस्तानका उमर अहमद रजत र बङ्गलादेशका श्रीश्रोत रायले रजतपदक जिते ।

९२ केजी समूहको खेलमा भने पाकिस्तानका मो. इनाम स्वर्ण, श्रीलङ्काका सलिथा रजत र नेपालका समीर शाहले कास्य पदक हासिल गरे । महिला समूहतर्फ ५९ केजी समूहमा भारतकी अंशुले स्वर्ण, बङ्गलादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले रजत, ६२ केजी समूहमा भारतकै साक्षी मलिक स्वर्ण, श्रीलङ्काकी महिराले रजत र बङ्गलादेशकी अख्तर सरमिनले रजतपदक जिते ।

६५ केजी समूहतर्फ श्रीलङ्काकी दिलहानी स्वर्ण, नेपालकी सुशीला चन्द रजत र बङ्गलादेशकी मोस लक्की कास्यपदक पाए । ७२ केजी समूहतर्फ श्रीलङ्काकी अयोमी स्वर्ण, नेपालकी निर्मला रजत र बङ्गलादेशकी अख्तर रोजिना कास्यपदक हात पारे ।

Loading...