शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को शिखर सम्मेलन छिट्टै आयोजना गर्नु पर्ने बताएका छन् ।

उनले सार्कलाई पुनर्जीवन दिन शिखर सम्मेलन तत्काल गर्नु पर्ने बताएका हुन् । सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आइतबार एक सन्देश दिँदै उनले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।

सन्देशमा उनले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न सङ्गठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताए ।

दक्षिण एशियाका एक अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय सङ्गठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सार्कलाई गतिशील एवं परिणाममुखी बनाउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

यसैगरी मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दिएको सन्देशमा दक्षिण एशियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिए ।

Loading...