visit-nepal

द्वन्द्वको घाउ निको हुन समय लाग्ने राष्ट्रपतिको भनाइ

काठमाडौं २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारील द्वन्द्वको घाउ निको हुन केही समय लाग्ने बताएकी छिन् । राष्ट्रपति भवन, शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकोे आर्थिक वर्ष २०७५/७६को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संसद्मा दर्ता भएको आयोगको संशोधन विधेयकका सम्बन्धमा आयोगले सरकारलाई आवश्यक सुझाव दिनुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संसद्मा पेश गरिने जानकारी दिँदै मानवअधिकारको सम्मान र संरक्षण गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको बताइन् ।

नेपालको संविधानको धारा २ सय ९४ अनुसार प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष अनुपराज शर्माले देशमा दण्डहीनताको अवस्था अन्त्य नभएको बताए । उनले आयोगका सबै सिफारिस कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे । कानूनी अपर्याप्तताले चुनौतीका बीच आयोगले संविधान, ऐन र रणनीतिक योजनामा केन्द्रीत भई विगतबाट लिएको अनुभवका आधारमा कामकारवाहीलाई समयानुकूल अगाडि बढाइरहेको उनको भनाइ छ । बालविवाह, महिला हिंसा, मानव बेचबिखन यथावत् हुनु, पीडितको न्यायमा पहुँच, सरल, सहज र सुरक्षित हुन नसक्नु, समाजमा जातीय भेदभावको विद्यमानता, स्वास्थ्य सेवामा सबैको पहुँच नहुनुबाट संविधानप्रदत हक अझै सहज रुपमा नागरिकले उपभोग गर्न नसकेको आभास आफूलाई भएको उनले बताए ।

Loading...