१३ औं साग फुटबल : बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेकाे छ । बंगलादेशलाई पराजित गर्दै नेपाल लगातार दाेस्राे पटक फाइनलमा प्रवेश गरेकाे हाे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा स्थान बनाउँदा सुनिल बलले निर्णायक गाेल गरे । खेलकाे ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले गरेकाे गाेल नै नेपालकाे जितका लागि पर्याप्त बन्याे ।

नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक फाइनल प्रवेश गरेको भुटानलाई समुहचरणको खेलमा नेपालले पराजित गरेको थियो ।

Loading...