visit-nepal

कोहलपुर घटनाप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं २२ मंसिर । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आइतबार बिहान ट्रकको ठक्करबाट गम्भीर घाइतेभएपछि उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले विज्ञप्ति जारी गर्दै प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिएको जनाएको छ ।

विज्ञप्तीमा प्रहरीको असावधानीको कारण सर्वसाधारण नागरिकलगायत सुरक्षाकर्मीसहित दर्जनौँ घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद् भएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कारवाहीको प्रक्रिया थाल्न सरकारसँग माग गरिएको छ ।

Loading...