visit-nepal

साग महिला क्रिकेटमा बङ्गलादेशलाई स्वर्ण

पोखरा २२ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । पोखरामा सम्पन्न महिला क्रिकेटमा बङ्गलादेशले श्रीलंकालाई हराउँदै स्वर्ण पदक जितेको हो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा श्रीलङ्कालाई २ रनले पराजित गरी बङ्गलादेशले स्वर्ण पदक जित्यो । टलमा टस हारेर पहिला ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा ९१ रन जोडेको थियो ।

जीतका लागि ९२ रनको लक्ष्य पच्छाएको श्रीलङ्का ९ विकेटको क्षतिमा ८९ रन मात्र जोड्दा रजत पदकमा चित्त बुझाउन पुग्यो ।
महिला क्रिकेटमा नेपालकी अञ्जली चन्द उत्कृष्ट खेलाडी तथा ‘बेष्ट बलर’को घोषित भइन् । उनले दुई खेलमा ‘प्लेयर अफ दी म्याच’ पनि भएकी थिइन् ।

श्रीलङ्काका हर्सिता प्रतियोगिताको उत्कृष्ट ‘ब्याटर’ घोषित भइन् । चार खेलमा उनले सर्वाधिक १८७ रन जोडेकी थिइन् । प्रतियोगितामा आयोजक नेपालले कास्य पदक जितेको थियो ।

Loading...