१३ औं साग फुटबल : पहिलो हाफ नेपाललाई अग्रता

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले बंगलादेशमाथि १–० काे अग्रता लिएको छ । फाइनल प्रवेशका लागि भएको खेलमा सुनिल बलको गाेलकाे मद्दतमा नेपालले पहिलो हाफ १–० को अग्रता लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि ११ औं मिनेटमा नेपालका लागि सुनिल बलले अग्रता दिलाए । कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले गोल गरेका हुन् ।

सागको फुटबलमा नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । यसअघि भुटानले पहिलो पटक सागको फाइनलमा स्थान बनाइसकेको छ ।

Loading...