visit-nepal

१३ औं साग फुटबल : बंगलादेश विरुद्ध नेपालको अग्रता

काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले बंगलादेशमाथि अग्रता लिएको छ । फाइनल प्रवेशका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध अग्रता लिएको हो ।

खेल सुरु भएको ११ औं मिनेटमा नेपालका लागि सनिल बलले गोल गरेका छन् । कप्तान सुजल श्रेष्ठको पासमा सुनिलले गोल गरेका हुन् ।

सागको फुटबलमा नेपाललाई फाइनल पुग्न जित वा बराबरीको आवश्यकता रहेको छ । यसअघि भुटानले पहिलो पटक सागको फाइनलमा स्थान बनाइसकेको छ ।

Loading...