बिद्यार्थी र प्रहरी झडपले कोहलपुर बजारको अवस्था तनावपुर्ण

कैलाली २२ मंसिर । ट्रकले वालिकालाई ठक्कर दिएर मारेको भन्दै पुर्वश्चिम राजमार्ग अन्र्तगत पाँच नम्बर प्रदेश बाँके जिल्लाको कोहलपुर बजार तनावग्रस्त वनेको छ ।
सात बर्षिया वालिकालाई ट्रकले ठक्कर दिएर मारेको भन्दै आक्रोशित बनेका स्थानियले बजारमा आगजनी र तोडफोड गरेपछि कोहलपुर बजार तनावग्रस्त बनेको हो ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले प्रयास गर्दा प्रर्दशनकारीले प्रहरीमाथि ढुंगाप्रहार गरेपछि प्रहरीले दजनौ अश्रुग्याँस प्रहार गरेको छ । झडपमा प्रहरीतर्फ डिएसपी हेमबहादुर बिष्ट लगायत केही घाइते भएको बाँके प्रहरीले जनाएको छ ।

स्थानिय त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत वालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए । त्यसपछि ट्रकमा आगजनी गरेको भन्दै प्रहरीले विद्यालयमा गएर विद्यार्थी र शिक्षकलाई नियन्त्रणमा लिएको थियो । यता बिद्याथीसर््हरुले बिद्यालयमा पसेर प्रहरीस्ले दमन गरेको भन्दै आन्दोलन चर्काएका थिए ।

Loading...