पान पसल फोड्ने उपप्राध्यापक पक्राउ परेलगत्तै छुटे

विराटनगर, २२ मंसिर । मादक पदार्थ सेवन गरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापकले पान पसल तोडफोड गरेका छन् । शनिबार साँझ उपप्राध्यापक उद्धव मिश्रले मापसे गरी ट्राफिक चोकमा रहेको पान पसल तोडफोड गरेका हुन् ।

मदिराको नशामा पसल तोडफोड गरेका मिश्रलाई वडा प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको थियो । पसलको क्षतिपूर्ति तिर्न सहमत भएपछि मिश्र पक्राउ परेलगत्तै छुटेका थिए ।

मिश्र महेन्द्र मोरङ क्याम्पसका बीबीए विभागीय प्रमुख हुन् । पान पसल सुरज सिंहले सञ्चालन गर्दै आएका थिए । मिश्रले पान ढिलो दिएको भन्दै पसलको सीसा फुटाएका थिए ।

Loading...