visit-nepal

विरोधपछि अक्षयले क्यानडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि दिए आवेदन

विराटनगर, २२ मंसिर । बलिउड अभिनेता अक्षय कुमार अहिले राष्ट्रियताको सवालमा चर्चामा छन् । अहिलेसम्म १५० वटाभन्दा बढी फिल्म खेलिसकेका उनले क्यानेडियन नागरिकता लिएको भन्दै विभिन्न टीका–टिप्पणी भइरहेको छ ।

यसै टीका–टिप्पणीबीच अक्षयले क्यानडियन नागरिकता त्यागेर भारतीय पासपोर्टको लागि आवेदन दिएका छन् । शुक्रबार हिन्दुस्तान टाइम्सको एक कार्यक्रमकामा बोल्दै उनले आफूले लगातार फिल्म फ्लप भएका कारण क्यानडाको पासपोर्ट लिएको र आफू भारतीयन नै भएको बताए ।

५२ वर्षीय अक्षयले कसैले राष्ट्रियतामाथि प्रश्न उठाउँदा निकै पीडा हुने बताए । उनल भने, ‘म भारतीय भइकन पनि अरुलाई भारतीय हुँ भनेर प्रमाणित गर्नुपर्दा निकै दुःख लाग्छ । मेरी श्रीमती, मेरा छोराछोरी भारतीय हुन् । म कर पनि यही तिर्छु र मेरो जिन्दगी पनि यहीको हो । मैले भारतीय पासपोर्टको लागि निवेदन दिएको छु । ’

‘एक समय थियो, जब एक पटक मेरो १४ वटा फिल्म फ्लप भएका थिए,’ उनले सो अन्तर्वार्ताका क्रममा भने, ‘लगातार फिल्म फ्लप भएपछि मलाई के गरुँ के गरुँ भन्ने लाग्यो । त्यसपछि मेरो नजिकको साथीले क्यानडा आएर काम गर्न सल्लाह दियो । त्यसपछि मैले क्यानडाको पासपोर्टको लागि तयारी सुरु गरेँ । तर मेरो १५ औँ फिल्म सफल भयो ।’

Loading...