विराटनगरमा ग्यास लिक भएर ७० बर्षिय बृद्धको कोठाभित्रै मृत्यु

विराटनगर, २२ मंसिर । ग्यास लिक भएर आगलागी हुँदा विराटनगरमा एकजनाको मृत्यु भएको छ । विराटनगर–२ शनिहाटमा ग्यास लिक भएर आगलागी हुँदा अन्दाजी ७० वर्षीय वृद्ध जयप्रसाद दाहालको मृत्यु भएको हो ।

काठमाडौं बसोबास गर्दै आएका दाहाल केही दिनअघि विराटनगर आएका थिए । घरमा एक्लै बस्दै आएका उनको आइतबार बिहान घरभित्र जलेको अवस्थामा शव भेटिएको हो । उनको घरमा राजकुमार दराक भाडामा बस्दै आएका थिए । वृद्धले घर बेच्ने बताएपछि उनले घर खाली गरेका थिए ।

आइतबार बिहान वृद्धको घरमा जाँदा ढोका नखोलेपछि उनले छिमेकीलाई बोलाएर घरभित्र पसेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजूले ग्यास लिक भएर आगलागी मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट पाइएको वताए । प्रहरीका अनुसार कोठाभित्र कोशी ग्याँसको सिलिण्डरको पाइप जलेको र रेगुलेटरको क्पाप निस्किएको पाइएको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...