राम लिम्बू बने ‘दि भ्वाइस अफ नेपाल’को विजेता

काठमाडौं, २२ मंसिर । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बू बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो ।

शनिबार साँझ काठमाण्डौको पाँच तारे होटल हायातमा फाइनल आयोजना भएको एक समारोहका बीच उनलाई विजेता घोषणा गरिएको हो । अन्तिम चारमा सनिष श्रेष्ठ, विकास लिम्बु र आरिफ राउफलाई हराउँदै राम विजेता बनेका हुन् । विजेता बनेसँगै उनले कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ ।

अन्तिम स्पधाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बू विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो । लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए । दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको प्रतियोगिताको फाइल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण समेत भएको थियो ।

Loading...