visit-nepal

पाँच किलो चरेससहित मामा–भान्जी पक्राउ

बाग्लुङ, २२ मंसिर । बागलुङको निसीखोला गाउँपालिकामा पाँच किलो चरेससहित मामा–भाञ्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार पाँच किलो चरेससहित निसीखोला गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको हो ।

खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

Loading...