visit-nepal

दिल्लीमा भएको आगलागीमा ३२ जनाको मृत्यु

भारत २२ मंसिर । भारतको राजधानी दिल्लीस्थित रानी झाण्डी रोडमा रहेको खाद्यान्न पसलमा भएको आगालागीमा ३२ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानदेखि सुरु भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा ३२ जनाको मृत्यु भएको दिल्ली पुलिसले जानकारी दिएको छ ।

आगलागीमा परी घाइते भएकाहरुलाई लोकनायक अस्पतालमा भर्ना गरिएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा नआएको र घाइते तथा मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२५ वटा वारुणयन्त्र आगो निभाउन खटिएका छन् । ५० जना भन्दा बढीलाई त्यस आगो लागेको स्थानबाट उद्दार गरिएको छ ।

Loading...