visit-nepal

सागमा आजदेखि जुडोका खेल हुने

काठमाडौं २२ मंसिर। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आजदेखि जुडोका खेल सुरु हुँदै छ । जुडोमा पनि नेपालको स्वर्ण जित्ने लक्ष्य छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा जुडोको खेल हुने छ ।

जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ६० केजी मुनि ६६ केजी मुनि र ७३ केजी मुनि तौल समूहका खेल हुने छ ।

सागमा पौडीमा आज ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा ४०० मिटर फ्रिस्टायल पुरुष र महिला, २०० मिटर बटरफ्लाई पुरुष र महिला, ५० मिटर ब्याकस्ट्रोक पुरुष र महिला तथा चार गुणा २०० मिटर फ्रिस्टायल रिलेमा स्वर्णका लागि खेल हुँदै छ ।
सातदोबाटोमै बक्सिङका खेलहरु पनि हुनेछन् । बक्सिङमा आज पनि सेमिफाइनल राउण्डको खेल हुनेछ । साग अन्र्तगतको बास्केटबलतर्फ नेपालको महिला र पुरुष दुवै टिमले आइतबार नै खेल्ने छन् ।

Loading...