इटहरीको सूर्य कम्प्लेक्समा आगलागी

इटहरी २२ मंसिर । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा रहेको विगबारमा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगो बिहान साढे ४ बजे नियन्त्रणमा आएको थियो ।

पाँचौं तलामा रहेको बारबाट सुरु भएको आगो कम्पेल्क्सका अन्य पसलमा पनि फैलिएको थियो । आगलागीको यकिन विवरण नआएको र क्षती विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

आगो नियन्त्रण गर्न इटहरी, विराटनगर, धरान इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा वारुणयन्त्र प्रयोग गरिएको थियो ।

Loading...