visit-nepal

पत्रपत्रिकामा देश : सागमा आएका तेह्र श्रीलंकाली खेलाडीलाई डेंगु, एक सिकिस्त

विराटनगर २२ मंसिर । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले अकुत सम्पत्ति जोडेको आशंकामा राजस्व समूहका कर्मचारीहरुको विवरण संकलन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।

अख्तियारको आग्रहमा राअविले केन्द्र, प्रदेश र स्थानीय तहमा भएका आफ्ना संयन्त्रमार्फत राजस्व समूहका कर्मचारीको विवरण संकलन गरी बुझाएको हो । अख्तियारले निजामती, प्रहरी र राअविको संयुक्त संयन्त्रलाई सूक्ष्म निगरानी समूह नाम दिएर शंकास्पद व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको श्रोतले जनाएको छ ।

कर्मचारीले सरकारलाई बुझाएको सम्पत्ति विवरण र वास्तविक सम्पत्तिसँग मेल नखाएपछि पहिलो चरणमा राजस्व समूहमा कार्यरतहरुको विवरण संकलन गरिएको हो । यो समाचार कान्तिपुर दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

फेवा तालको पानीमुनिको जमिन पनि निजी बनाइएको समाचारलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । अतिक्रमण गरेको १६९२ रोपनी जग्गाको व्यक्तिको नाममा लालपुर्जा बनिसकेको छ ।

२०१७ सालमा निर्मित पार्दी बाँध फुटेपछि २०३१ सालमा फेवाको आधा भन्दा बढी पानी बगेर गएको थियो । तालको बीचमा रहेको बाराही मन्दिरपनि हिडेरै पुग्ने सकिने भएको थियो । २०३३ सालतिर नापी हुँदा सो ताल अतिक्रमण गरेर जग्गा दर्ता गराएका हुन् । २०४१ सालमा युएनडिपीको सहयोगमा बाँध बनाएपछि फेरी फेवा ताल पुरानै रुपमा फर्किएपनि सतहको जग्गा भने व्यक्तिकै नाममा छ ।

सागमा आएका १३ खेलाडीलाई डेंगु भएको छ । जसमध्ये एक खेलाडीको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको समाचार नयाँ पत्रिकाले छापेको छ । ६ जना भने उपचार पछि डिस्चार्ज भएका छन् ।

महिला फुटबल खेलाडी गायथ्री नानायक्कराको अवस्था गम्भीर रहेको र आईसीयूमा राखेर उपचार भइरहेको छ । बिरामी भएका धेरै खेलाडीहरु एथ्लेटिक्सका रहेको श्रीलंकाली टोलीका मेडिकल प्रमुख डाक्टर लाल इकनायकेले बताए ।

Loading...