visit-nepal

पत्रपत्रिकामा प्रदेश : गाउँपालिकाको सामूहिक विवाहमा अनिच्छुक, एउटै निवेदन परेन्

विराटनगर २२ मंसिर । सुनसरीको कोशी गाउँपालिकाले सामूहिक रुपमा सबै खर्च व्योहोरेर गराउने भनेको विवाहको चर्चा देश विदेशमा भएपनि स्थानीय युवायुवती भने अनिच्छुक देखिएका छन् ।

६ मंसिरको सुचनामा विहे गर्न उमेर पुगेका योग्य युवा युवतीलाई सामूहिक विवाह गर्न दरखास्त दिन भने पनि कसैलेपनि निवेदन हालेका छैनन् ।

ब्लाष्ट टाइम्समा छापिएको खबरमा बेहुला बेहुलीको लुगा कपडा र ५० जनासम्म जन्तिको खाना खर्च पनि गाउँपालिकाले व्योहोर्ने भनेपनि कसैले चासो नदेखाएको उल्लेख छ ।

तोकिएको समयमा निवदेन नपरेपछि फेरी फागुन वा बैशाखमा विवाह गराउने गरि अर्काे सुचना निकाल्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए ।

उद्घोष दैनिकमा सिंघिया सरसफाइ अभियान सुरु भएको समाचार मुख्य बनाएर छापिएको छ । यस्तै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका बीबीए कार्यक्रम प्रमुख उद्गम मिश्रलाई मादक पदार्थ सेवन गरि तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको खबर पनि उद्घोषमा छ ।

एक पान पसलमा शनिबार बेलुका तोडफोड गरेपनि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पान पसलमा भएको क्षतिपुर्ती दिने सर्तमा प्रहरीले छोडेको छ ।

ब्लाष्ट टाइम्समा धरानमा नेकपाको हारका विषयमा समाचार टिप्पणी छापिएको छ । दम्भले ढलेको लाल किल्ला शिर्षकमा छापिएको समाचारमा उपमेयरका काम विवादित भएको र सेवहरु हाकिम बनेको कारण् धरान उपमहानगरको मेयर पदमा भएको उपनिर्वाचनमा नेकपाले हार व्योहार्नु परेको उल्लेख छ ।

२०१७ सालकै पहिलो नगरनिर्वाचनदेखि कम्युनिष्टहरुले जित्दै आएको धरानमा पहिलो पटक हार खेप्नु परेको छ । उपनिर्वाचन भएको एक साता बितिसक्दा पनि चोक चोकमा यसको चर्चा भइरहेको छ । जितिहालिन्छ नि भन्ने अतिविश्वासको कारण पनि हार खेप्न बाध्य भएका हुन् ।

अकल्पनीय पराजय भोगेपछि अहिले नेताहरुले एकअर्कालाई दोष लगाउने र आफूलाई सहि देखाउन खोजिरहेका छन् । धरानमा सिन्का उठाएपनि नेकपाले जित्छ भन्ने कार्यकर्ताको दम्भको कारण पनि हार खाएको भएपनि अझै नेताहरुमा दम्भ भने कायमै छ ।

लालकिल्ला भत्किनुमा मेयर तारा सुब्बाको निधन भएपनि कार्यवाहक बनेकी उपमेयर मञ्जू भण्डारी र धरान उमहानगरपालिकाका कर्मचारीमाथि पनि दोष लागेको छ । विभिन्न विवादमा उपमेयर र उनका श्रीमान मुरारी सुवेदी मुछिएका थिए ।

Loading...