भर्‍याङबाट लडेर एकजनाको मृत्यु

उदयपुर २१ मंसिर । उदयपुरमा भर्‍याङबाट लडेर एकजनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका ३ रातापानी सालबारीमा भर्‍यङबाट लडेर जीतेन्द्र चाम्लिङ राईको मृत्यु भएको हो ।

गत बिहीबार राती १२ बजे आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएका २७ वर्षीय जितेन्द्रको उपचारको क्रममा शनिबार बिहान २ बजे मृत्यु भएको हो ।

उनको उपचारको क्रममा उदयपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Loading...