मोटरसाइकबाट लडेर एक महिलाको मृत्यु

झापा २१ मंसिर । झापामा मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका ७ बाह्रघरे चोकमा पाडाजुगी गौरीगंज भित्री सडक खण्डमा शनिबार बिहान साढे ११ बजे मे ११ प १२२९ नम्बरको मोटरसाइकलमा सवार स्थानीय ५३ वर्षीया ज्ञानदेवी धिमालको लडेर मृत्यु भएको हो ।

पति तुलसीराम धिमालले चलाएको मोटरसाइकल पछाडी बसेकी उनी लडेर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो । अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषित गरेको झापा प्रहरीले जनाएको छ ।

Loading...