visit-nepal

भूटान साग फुटबलको फाइनलमा

काठमाडौं २१ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत भूटान पुरुष फुटबलको फाइनलमा पहिलो पटक पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोलले हराउँदै भूटान स्वर्ण पदक नजिक पुग्न सफल भएको हो ।

भूटान पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको हो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो ।

आइतबार हुने नेपाल र बङ्गलादेशबीचको खेलको विजेतासँग भूटानले स्वर्ण पदकका लागि फाइनल खेल्नेछ । चार खेलमा नौ अङ्क जोड्दै भूटान शीर्षस्थानमा रहेको छ ।

Loading...