visit-nepal

औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना

विराटनगर २१ मंसिर । नेपाल औषधि व्यवसायी संघ मोरङको प्रथम अधिवेशनले लक्ष्मिप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

शुक्रबार विराटनगर स्थित वीरेन्द्र सभागृहमा भएको संघको प्रथम जिल्ला अधिवेशनसँगै भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी तिम्सिनाले प्रतिस्पर्धी हरिमोहन श्रेष्ठलाई २८ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले शनिबार बिहान २ वजे सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार तिम्सिनाले १ सय ८६ मत प्राप्त गरे । श्रेष्ठले १ सय ५८ मत ल्याए ।

निर्वाचनमा तिम्सिना समुहबाट उपाध्यक्ष, महासचिव, सचिव, सह–कोषाध्यक्ष र दुई वटा सदस्य पदमा विजयी भएका छन् भने श्रेष्ठ समूहबाट कोषाध्यक्ष र एक जना सदस्य विजयी भए ।

निर्वाचनमा तिम्सिना समूहबाट उपाध्यक्षमा नेपाल औषधी संचालक संघ, केन्द्रीय तदर्थ समितिका संयोजक देशबन्धु ढकाल विजयी भएका छन् ।

त्यस्तै महासचिवमा तिम्सिना समूहका गोल्डेन हस्पिटलका संचालक दिनेश ठाकुर विजयी भए । सचिवमा हरिराज रेग्मीले कोषाध्यक्षमा विजयकुमार राजवंशी, सह–कोषाध्यक्षमा पुष्पराज पोखरेल, निर्वाचित भए ।

Loading...