१३ औं साग : महिला क्रिकेटमा नेपाललाई कास्य

पोखरा, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालले कास्प पदक जितेको छ । माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य जितेको हो । माल्दिभ्सले दिएको ९ रनको सामान्य लक्ष्य नेपालले १.१ ओभरमा पुरा गर्दै कास्य जितेको हो ।

नेपालको जितमा ओपनर रोमा थापा ५ र काजल श्रेष्ठ २ रनमा अविजित रहे । पोखरा रंगाशालामा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भएको थियो ।

यो विश्व महिला टि ट्वान्टी आईमा दोस्रो कम योगफल हो । सबैभन्दा कम योगफलमा मालीको महिला टोली रेवान्डासँग ६ रनमा अल आउट भएको थियो ।  माल्दिभ्स विरुद्ध अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ४ विकेट लिइन् । समुह चरणको खेलमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा ६ विकेट लिएकी थिइन् ।

कप्तान रुबिना क्षेत्री बेलबासे र सिता राना मगरले २–२ विकेट लिए । करुणा भण्डारी र सुमन खतिवडाको नाममा १–१ विकेट लिए ।

Loading...