घरको माथिबाट लडेर १ जनाको मृत्यु

मोरङ, २१ मंसिर । मोरङको सुन्दरहरैचा नगरपालिका – १० मा घरबाट लडेर एकजनाको मृत्यु भएको छ । प्लम्बरको काम गर्ने क्रममा बन्दै गरेको २ तले नयाँ घरबाट लडेर १ जनाको मृत्यु भएको हो ।

नर्सिङ लिम्बुको घरमा प्लम्बरको काम गर्न गएका ४५ वर्षिय श्यामकुमार रिजालको मृत्यु भएको हो । घरबाट लडेर लडेर घाईते भएका उनको धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा मृत्यु भएको हो ।

Loading...