अटो दुर्घटनामा चालकको मृत्यु

खोटाङ, २१मंसिर । खोटाङको हलेशी तुवाचुङ नगरपालिका– १० बिजुलेधापमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हलेशी दिक्तेल सडकखण्डमा अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार दिउँसो सवा ३ बजेको समयमा बिजुलेबाट दिक्तेल तर्फ आउँदै गरेको को २ ह ८३४६ नम्बरको अटो आफै अनियन्त्रित भई सडकमा पल्टिदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ अल्छेढुङ्गा बस्ने ३१ वर्षिय टंक दाहाल खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Loading...