महोत्सवले उद्योग व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्छ– गृहमन्त्री थापा

ललितपुर, २१ मंसिर । नेपाल भ्रमण वर्ष सन् २०२० को प्रचारप्रसारमा मुलुक भित्र आयोजना हुने महोत्सवले सहयोग पुग्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । स्थानीय कला, संस्कृति, उद्योग र व्यवसायको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउँदै उनले यस्तो बताएका हुन् ।

झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव –२०७६’ उद्घाटन समारोहमा बादलले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवर्द्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने बताए ।

सो महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताए । प्रतिनिधिसभा सदस्य पम्फा भुषालले ललितपुर महानगरपालिकाको वडा नं ३ लाई सिङ्गै पर्यटन क्षेत्रका रुपमा विकास गर्न विभिन्न कार्यक्रम अघि बढाइरहेको बताइन् ।

यसैगरी प्रदेशसभा सदस्य जीवन खड्काले यस क्षेत्रमा घरवास सञ्चालन गर्ने व्यवसायीलाई प्रदेश सरकारले सहयोग गर्ने विश्वास दिलाए ।रासस

Loading...