visit-nepal

विमानस्थलको अनुगमनमा मुख्यमन्त्री

दाङ, २१ मंसिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित उक्त विमानस्थलको शनिबार अनुगमन गरेका हुन् ।

कुनै समय यात्रु अभावमा अवरुद्ध भए पनि पछिल्लो समय दैनिक दुई उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाका बारेमा उनले अनुगमन गरेका हुन् । अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाए ।

स्थानीय सरकारले नियमित हवाई सेवा शुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा शुरु गर्ने गरी कार्यक्रम अघि बढाउने बताए । रासस

Loading...